

नक्कली डाक्टर प्रकरणः सुमेरु अस्पतालकी डाक्टर पुनम पक्राउ, पक्राउ पर्ने ८ जना पुगे

काठमाडौं – नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा प्रहरीले राजधानीबाट थप एक जनालाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंबाट थप एक जना चिकित्सकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुमेरू सिटी हस्पिटलकी डा. पुनम थापा चौधरी रहेको जनाइएको छ । उनलाई काठमाडौंस्थित घरबाट पक्राउ गरेको हो। यससँगै पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

