कोशी सरकारमा सामेल हुँदै जसपा, आज निर्मला लिम्बुले सपथ लिने


विराटनगर – कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीको उद्धव थापाले नामकरणसँग असन्तुष्ट पक्षको माग वार्ता तथा संवादको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाएपछि जसपा सरकारमा सहभागी हुने भएको हो ।

जसपाकी सांसद निर्मला लिम्बू स्वास्थ्यमन्त्री बनाइने भएको हो ।

निर्मलालाई आज ३ बजे पद तथा गोपनीयताको शपथ गराइने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रतिक्रिया