
नक्कली डाक्टर प्रकरणः मोरङबाट थप एक ‘नक्कली डाक्टर’ पक्राउ
काठमाडौं- नक्कली डाक्टर प्रकरणमा मोरङबाट थप एक जना ‘नक्कली डाक्टर’ पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मोरङमा क्लिनिक चलाएर बसेका मनिष चौधरीलाई शुक्रबार पक्राउ गरेको हो। उनको प्लस टुको नेपालको सर्टिफिकेट नक्कली भएको भन्दै सीआईबीले पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कथित ‘नक्कली डाक्टर’ माथि चलाएको अपरेसनमा पक्राउ पर्नेहरुको संख्या अहिलेसम्म एक सांसदसहित ७ जना पुगेको छ।
यसअघि धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकार पक्राउ परेकी थिइन्। ललितपुरको हात्तीबन निवासी सिल्पकारलाई सीआईबीले प्लस टुको सर्टिफिकेट नक्कली भएको भन्दै पक्राउ गरेको थियो।



कागजपत्र |
