

राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच शिष्टाचार भेट

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन् ।
राष्ट्रपति निवासमा आज उनीहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरासमेत गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

