राधादेवी ग्रुपका सञ्चालक पक्राउ


काठमाडौँ – बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर १ भाटभटेनी स्थित राधादेवी ग्रुप इन्टरनेसनल कम्पनीका सञ्चालक दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

दोलखा साबिक पवटी गाविस वडा नम्बर ३ हाल परिवर्तित मेलुङ गाउँपालिका १ घर भई हाल काठमाडौँ महानगरपालिका १ बस्ने ३६ वर्षीय कोइरालालाई जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त थानकोटबाट खटिएका प्रहरी टोलीले चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

कोइरालाले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पारी रकम लिई सो रकम बैंक खाताबाट भुक्तानी लिनु भनी निजको दस्तखतबाट बैंक खाता सञ्चालनमा रहेका विभिन्न बैङ्कहरूको खातामा चेक अनुसारको पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी चेक काटी दिएको प्रहरीले जनाएको छ ।

उनले पीडितहरूको रकम समेत फिर्ता नगरेको प्रहरीले जनाएको छ । बैकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरी परिसर काठमाले जनाएको छ ।

प्रतिक्रिया