आमाको हत्या गरी फरार रहेका छोरा पक्राउ


सल्यान – आफ्नै ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेर फरार रहेका छोरा नविन भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौरकी ४८ वर्षीय भण्डारीलाई आज (मंगलबार) राति आफ्नै कोठामा सुतिरहेको अवस्थामा लठ्ठी प्रहारगरी हत्या गरी फरार रहेका २३ वर्षीय नवीन भण्डारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नवीनले एक्कासी आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । नविनलाई फरार भएको केही समयमै सोही स्थानबाट पकउ गरेको हो । उक्त घटनाको पथ अनुसन्धान गरिरहको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया