बेपत्ता नेपालीको खोजी गर्न भारतीय प्रशासनलाई सभामुखको आग्रह


काठमाडौं – सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्ड पहिरोमा परी १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । जसमा १३ जना नेपाली नागरिक रहेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् ।

‘मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु’, सभामुख घिमिरेले भनेका छन् ।

अविरल वर्षासँगै आएको पहिरोमा परि बेपत्ता भएकाको भारतीय एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा जुटेका छन् ।

प्रतिक्रिया