चितवनमा बढ्यो आँखा पाक्ने रोग, खैरहनीका विद्यालय २ दिन बन्द


चितवन – चितवनमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि विद्यालयमा पठपाठन रोकिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण अत्यधिक हुन थालेपछि दुई दिन बिदा दिएको छ ।

नगरपालिकाले आज सूचना जारी गरी आइतबार र सोमबार दुई दिन बिदा दिएको जनाएको हो । नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँका अनुसार ४ जना विद्यार्थी आँखा पाक्ने संक्रमण लिएर विद्यालय पुग्दा बेलुकासम्म ४० जनामा फैलिने अवस्था आएकाले विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।

जिल्लाभर अहिले सामुदायिक विद्यालयमा वर्खे बिदा चलिरहेको छ । संस्थागत विद्यालय र कलेजहरु सञ्जालनमा छन् ।

अहिले विशेषगरी बालबालिकामा फैलिएको आँखा पाक्ने रोग अर्थात् पिंक आई डिजिजलाई वर्षाको समयमा हुने आँखा रोग विशेषज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया