

संवैधानिक परिषद्को बैठक सुरु

नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्न यसअघि गत मंगलबार पनि परिषदको बैठक बसेको थियो । न्यायपरिषदको पहिलो बैठक विना निष्कर्ष टुङ्गिए पछि आज बिहिबार बस्ने बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारि गर्ने तयारी गरेको छ ।
आगामी साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भएको छ ।
न्यायपरिषद् सचिवालयले सर्वोच्च अदालतमा तीन वर्ष पूरा भएका ११ न्यायाधीशहरुको नाम संवैधानिक परिषद्को सचिवालयमा पठाइसकेको छ । सूचीमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरि फुँयाल र मनोजकुमार शर्माको सूची पुगेको छ ।
न्यायपरिषद् सचिवालयलेपठाएका यी ११ जना मध्ये एक जनाको नाम आज प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ ।

