रास्वपा केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आज दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा पार्टीको राजनीतिक दस्ताबेज, पहिलो महाधिवेशन, केन्द्रीय सदस्य थप लगायतका विषयमाथि छलफल हुनेछ ।

पार्टीको राजनीतिक दस्ताबेजलाई अन्तिम रूप दिने र आगामी मंसिरदेखि तल्ला कमिटीको अधिवेशन थाल्ने रास्वपाको तयारी छ ।

रास्वपामा १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहे पनि अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् ।

प्रतिक्रिया