कोशी मुख्यमन्त्रीमा पुनः दाबी पेश गर्दै कांग्रेसका उद्धव थापा


विराटनगर – कोशी प्रदेशमा मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले नै दाबी पेश गर्ने भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले बहुमतको सरकार गठनका लागि दिएको तीन दिनको समयावधि सकिनु अघि पुनः थापाले नै दाबी पेश गर्ने जनाइएको छ ।

माओवादीको कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले गठबन्धनको तर्फबाट थापाले नै मुख्यमन्त्रीमा दाबी पेश गर्ने सहमति भएको बताए ।

मंगलबार दिउँसो ४ बजेपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित थापाले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने आङ्बोले बताए ।

प्रदेश प्रमुख खापुङले दिएको समयावधि अहिले ५ बजे सकिने छ ।

 

प्रतिक्रिया