देशका अधिकांश क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना


काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम प्रभावित भएको हो । अहिले पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो प्रदेश २ र प्रदेश ३ लगायत देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

यसैबिच देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा रहेको हुँदा यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया