उड्न ठिक्क परेको यतिको जहाजमा मुसा भेटिएपछि…


पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं उड्न लागेको यती एयरलाइन्सको विमानमा मुसा भेटिएको छ ।

यती एयरको उडान नम्बर ६७८ को जहाजमा मुसा देखिएको हो । ११:५० मा उड्न ठिक्क परेको जहाजमा मुसा देखिएर उडान रोकेर खोजी सुरु गरिएको छ ।

उड्न ठिक्क परेको यती एयरलाइन्सको जहाजमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ ।

यसअघि पनि जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको थियो ।

प्रतिक्रिया