देउवा–पौडेलबीच सहमति, केन्द्रीय समितिमा कांग्रेस महाधिवेशन भदौका लागि प्रस्ताव


काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौ महिनामा गर्नका लागि प्रस्ताव गरिएको छ।

सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच वार्तामा सहमति भएपछि ७ देखि ११ भदौमा महाधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको हो।

केन्द्रीय समितिले उक्त प्रस्ताव पारित गरेको खण्डमा महाधिवेशन भदौका लागि तय गर्दै सभापति देउवाको नेतृत्वको कार्यकाल ६ महिना थपिनेछ।

१९ फागुनमा देउवाको कार्यकाल सकिँदैछ। पौडेलले महाधिवेशन जेठमा नै गर्नुपर्ने अडान राखेका थिए।

प्रतिक्रिया