


अवैध १ सय ३४ कार्टुन स्याउसहित ट्रक नियन्त्रणमा

सिरहा – अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको १ सय ३४ कार्टुन स्याउसहित एक ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सिरहाको नवराजपुर-५ देवनगर र झाँझपट्टीको सीमा इलाकाबाट बुधबार राति उक्त परिमाणमा स्याउ र ट्रक नियन्त्रणमा लिएको हो।
नेपालबाट भारततर्फ जाँदै गरेको स १ ख ६०० नम्बरको स्याउसहितको ट्रक प्रस्तावित सीमा सुरक्षा गुल्म इनर्वा, बिओपी नवराजपुर र सुरक्षा बेश सुखिपुरले संयुक्त रुपमा नियन्त्रणमा लिएको बताएको छ।
ट्रकका चालक भने सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथै ट्रक छाडी फरार भएका थिए। बरामद स्याउ तथा ट्रकको ३० लाख ३६ हजार मूल्य कायम गरी आवश्यक कारबाहीका लागि ठाडी भन्सार कार्यालय सिरहामा बुझाइएको सशस्त्रका सहायक प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

