

हुम्लाको स्याडामा विद्युत् सेवा अवरुद्ध

हुम्ला – लगातारको वर्षाका कारण गएको पहिरोले गाडघट्ट लघुजलविद्युत्को मुहान बगाउँदा विद्युत् सेवा अवरुद्ध भएको छ ।
सिमकोट गाउँपालिका-८ स्याडामा रहेको गाडघट्ट लघुजलविद्युत्को मुहान र नहरमा लगातारको वर्षाका कारण गएको बाढीपहिरोले क्षति पुर्याएपछि स्याडामा विद्युत् सेवा अवरुद्ध भएको हो ।
गत वर्ष पनि पावर हाउसको भवन सोही खोलाले बगाउँदा लामो समय विद्युत् अवरुद्ध भएको थियो । त्यसपछि सञ्चालन भएको विद्युत् ३ महिना हुन नपाँउदै पुनः अवरुद्ध भएको छ ।
गाडघट्ट खोलामा बाढी आउँदा मुहानसँगै नहरमा क्षति भएकाले स्याडाका २ सय ५० घरधुरी अन्धकारमा बस्न बाध्य भएको बताइएको छ ।

