

मन्त्री पद छाड्न परे छाड्छु तर निष्ठा छाड्दिनँः धनराज गुरुङ

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसको रुपान्तरण अहिले नै नसकिएको बताए ।
४१ औं वीपी स्मृति सप्ताहको अवसरमा राजधानीमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै गुरूङले ढिलो चाँडो शीर्ष तहका नेताहरूको सम्पत्ति छानबिन गरिने जनाएका छन् ।
उनले आफूले प्रधानमन्त्रीसँगको भेटमा भ्रष्टाचारका फाइलहरु जसरी पनि खोल्दै जानुपर्ने बताएका छन् । उनले आफ्नो मन्त्री पद छाड्न परे छाड्ने तर विचार र निष्ठा नछाड्ने बताए ।
उनले जुनसुकै पार्टीका नेताहरु परे पनि भ्रष्टाचारको फाइल खोल्न प्रतिबद्ध रहेको बताए ।
उनले १५ औं महाविशेनमा डा. शेखर कोइरालालाई पार्टी सभापति बनाउन लाग्नुपर्ने पनि बताएका छन् । उनले महाधिवेशनका बेला शेखर कोइराला सभापति भएपछि न्यायोचित व्यवहार गर्ने प्रतिबद्धता गरेको थिए ।

