बालकृष्ण खाँणलाई राज्यले फसायो- सहमहामन्त्री महेन्द्र यादव


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई राज्यले फसाएको बताएका छन्।

पार्टी कार्यालय सानेपामा मंगलबारदेखि जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारणा राख्दै सहमहामन्त्रस् यादवले यादवले भने यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाणजीलाई राज्यले फसाएको छ। उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ।’

उनले खाणमाथि ठगीमा मात्र नभई राजद्रोहको मुद्दा लगाइएको पनि बताए। ‘उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ,’ उनले भने, ‘ठगीमा राजद्रोहको मुद्दा लगाउने हो भने दिनमै १०र२० मुद्दा लगाउन मिल्छ।’

उनले खाणमाथि अहिले अभियोग मात्र लागेको बताए । ‘उहाँको मुद्दा अन्तिम नभएसम्म केही नगरौं। उहाँ हाम्रो परिवारको साथी हो। उहाँले धेरै दुस्ख गर्नुभएको छ। सके सहयोग गरौं नसके दुस्ख नदिऔं,’ उनले भने, ‘मलाई विश्वास छ उहाँ निर्दोष भई आउनुहुनेछ।’

पूर्वगृहमन्त्री खाण नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा छन्।

प्रतिक्रिया