गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मशाल जुलुस


काठमाडौं – गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रमसख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन युवा संगठनले मशाल जुलुस निकालेको छ । शुक्रबार बेलुका युवा संघका कार्यकर्ताले काठमाडौंमा मशाल जुलुस निकालेका हुन् ।

राजश्व अनुसन्धान विभागले समातेको सुन गृहमन्त्रीकै मिलेमतोमा ल्याइएको युवा संघको आरोप छ । सेटिङमा सुन तस्कारी भएको भन्दै युवा संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । उनीहरूले तस्करीको सुन भन्सारबाट सहज रूपमा पास भएको भन्दै गृहमन्त्रीलाई पदमा बस्ने नैतिकता नरहेको जनाएका छन् ।

सुन तस्करी काण्डमा साना भरियाहरूलाई समातिएको तर ठूलालाई उन्मुक्ति दिने प्रपञ्च रचिएको युवा संघको आरोप छ । प्रदर्शनमा सहभागीहरूले ‘सर्वसाधारणलाई कचकच तस्करलाई रजगज’, ‘सुन तस्करलाई पक्राउ गर’, ‘सेट्रिमा सरकारको लस्कर, विगविगी सुन तस्कर’, ‘सुन तस्करलाई फाँसी दे’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया