

तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य ८ सयले घटेर तोलामा प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
यस्तै, आज तेजाबी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ ।
यस्तैगरी, आज चाँदी १५ रुपैयाँले घटेर तोलामा १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

