३ सयले बढ्यो सुनको मूल्य


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा स्थिर छ ।

प्रतिक्रिया