

भारतसामू नेपालको ब्याटिङ धर्मरायो, ५ विकेट गुम्यो, रोहित र सोमपाल क्रिजमा

काठमाडौं — भारतविरुद्धको खेलमा नेपाललाई पाँचौं झट्का लागेको छ ।
भारतको धारिलो बलिङ सामू नेपाली ब्याट्सम्यानले खुलेर ब्याटिङ गर्न सकेका छैनन् । १० ओभरको खेल सम्पन्न भइसक्दा नेपालले महत्वपूर्ण ५ विकेट गुमाइसकेको छ ।
नेपालका ओपनर कुशल भुर्तेल पहिलो ओभरमै गुमाएको नेपालले अर्का ओपनर आशिफ शेखलाई पनि निजी ७ रन बनाउँदा गुमाएको थियो ।
भुर्तेल आउट भएपछि मैदान आएका देव खनाल पनि १५ रन बनाउँदै आउट भएपछि नेपाल संकटमा परेको हो ।
नेपालका भीम सार्की ५ रन बनाएर आउट भए भने कुशल मल्ल शुन्य रनमा आउट भए । अहिले नेपालका लागि कप्तान रोहित पौडेल र सोमपाल कामी ब्याटिङमा छन् । कामीले यसअघिको पाकिस्तानसँगको खेलमा उत्कृष्ट पारी खेलेका थिए ।
अहिले नेपालले ११ ओभरमा ५ विकेट गुमाएर ४२ रन बनाएर खेलिरहेको छ ।
त्यसअघि नेपालका कप्तान रोहित पौडेलले भारत ‘ए’ को खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका थिए ।

