रौतहटमा एकवर्षमा १६ जनाको डुबेर मृत्यु


रौतहट – रौतहटमा एकवर्षमा १६ जनाको डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना महिला रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

जिल्लाको बागमती र लालबकैया नदीसँगै साना नदी तथा पोखरीमा डुबेर १६ जनाको मृत्यु भएको हो ।

आइतबार मात्र जिल्लाको कटहरिया नगरपालिकास्थित गमहरिया घाट लालबकैया नदिमा नुहाउन गएका एक विद्यार्थीको डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया