

चिनियाँ राजदूतद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालको जीवनसङ्गिनी सीता दाहालको निधनप्रति नेपालस्थित चिनियाँ राजदूत छन् सोङले श्रदाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले बिहीबार श्रदाञ्जली अर्पण गरेका हुन्।
उनीसँगै नेपालका लागि कोरियाली राजदूत तेइ योङ्ग पार्क, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का महासचिव इसाला श्रवान विराकून, नेपालका लागि रसियन राजदूत अलेक्सेय नोभिकोभ, नेपालका लागि बंगलादेश, इजराइल, श्रीलंक, फिनल्याण्ड, उत्तर कोरियालगात देशका राजदूतहरू बालुवाटार पुगेर दिवंगतत सीताप्रति श्रद्धान्जली अर्पण गरेका थिए।
त्यस्तै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित माओवादी नेताहरूपम्फा भुसाल, वर्षमान पुन, मातृका यादव, ओनसरी घर्तीलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयले समवेदना प्रकट गर्न आउने शुभेच्छुकका लागि आज र भोलि बिहान ८ देखि १० बजेसम्म र अपराह्न ४ देखि साँझ ६ बजेसम्मका लागि समय निर्धारण गरेको थियो।

