माओवादी केन्द्रको आकस्मिक पदाधिकारी बैठक बस्दै


काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको निधन भएपछि आकस्मिक बैठक बस्न लागेको हो ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने क्रम सुरू भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

पार्टीको सल्लाहकार समेत रहेकाी सीताको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६९ वर्षको उमेरमा निधन भएको हो ।

अहिले उनको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा राखिएको छ ।

प्रतिक्रिया