
काठमाडौं महानगरभित्र अब प्लस टु मात्रै सञ्चालन गर्न नपाइने
काठमाडौं – काठमाडौं महानगरपालिकामा अबदेखि प्लस टु मात्र सञ्चालन गर्न नपाइने भएको छ। महानगरभित्र सञ्चालनमा रहेका प्लस टु मात्रै पढाई हुने विद्यालयहरूले अबदेखि १० सम्मको कक्षा पनि चलाउनुपर्ने भएको हो।
आज (मंगलबार) राष्ट्रिय सभा गृहमा आयोजित महानगरपालिकाको १३ औं नगरसभामा वडा नम्बर २३ का वडाअध्यक्ष तथा विधान समितिका संयोजक मच्चाराजा महर्जनले काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ संसोधन प्रस्ताव पेश गर्दै उक्त कुरा बताएका हुन्।
‘अहिले ११ र १२ शैक्षिक कार्यक्रम मात्रै सञ्चालन गरिरहेका शिक्षण संस्थाले १० कक्षासम्म कक्षा सञ्चालन गर्नुपर्नेछ,’ उनले भने, ‘११ र १२ का शिक्षण संस्थाले तल्लो तहका नयाँ कक्षा सञ्चालन गर्दा निजी कम्पनी वा गुठी विद्यालयसँग मर्ज हुन सक्नेछन्।’
तर मर्ज भएका विद्यालयले भने एउटै नाम राख्नुपर्ने उनले बताए। यस्तै, यस ऐन सुरू भएको एक वर्षभित्र लागु गरिसक्नुपर्ने छ।



कागजपत्र |
