
मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त
काठमाडौं – मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्।
‘सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लामाजुरा डाँडास्थितमा दुर्घटनाग्रस्त हुँदा हेलिकोप्टरमा सवार उनीहरू सबै ६ जनाकै मृत्यु भएको हो ।
‘ुसोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ । दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।
रुखमा ठोकिएर हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको कमान्डमा उद्धार टोली खटिएको छ। बस्नेतका अनुसार कसैको पनि शवको पहिचान हुन सकेको छैन।
सोलुखुम्बुको सुर्केबाट उडेको मनाङको हेलिकोप्टर बिहान १० बजेर ५ मिनेटबाट सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी बताएको थियो।
मनाङ एयरको हेलिकप्टरमा चेतबहादुर गुरुङ पाइलट थिए। हेलिकोप्टरमा मेक्सिन नागरिकहरू तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका थिए।



कागजपत्र |
