विद्यालयको सेफ्टिट्याङ्कीमा डुबेका बालकको मृत्यु


झापा – विद्यालयको शौचालयको सेफ्टिट्याङ्कीमा डुबेका बालकको उपचारको क्रममा मृत्यु भएको छ। गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका ८ वर्षीय तान्छोक लिम्बूको बिएण्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो

झापा धुलाबारीको सानो साथी किन्डरगार्टेनमा पढ्ने लिम्बू सोमबार खाजा खाएर शौचालय जाँदा शौचालयको ढोकाअगाडि रहेको सेफ्टिट्याङ्कीभित्र खसेका थिए।

विद्यालयका सञ्चालक मनोज गुरूङले बालक सेफ्टिट्याङ्कीमा डुबेको थाहा पाएपछि आफैँ ट्यांकभित्र पसेर निकालेका थिए। त्यसपछि अस्पताल पनि उनैले पुर्याएका थिए। उनलाई बेहोस अवस्थामा उद्दार गरी हिजो दिउँसो २ बजे अस्पताल भर्ना गरिएको थियो।

प्रतिक्रिया