मनाङ एयर हेलिकोप्टर दुर्घटना अपडेटः ६ वटै शव भेटियो, यी हुन् दुर्घटनामा ज्यान गुमाउनेहरू (नामसहित)


काठमाडाैं – मनाङ एयर दुर्घटनाग्रस्त क्षेत्रमा ६ जनाको शव फेला परेको छ। स्थानीयका अनुसार, दुई जनाको शव सग्लो छ भने बाँकीको क्षतविक्षत अवस्थामा छ। जहाजमा पाइलटसहित ६ जना थिए।

बिहान सम्पर्कविहीन भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए-एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए।

हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै मेक्सिकन नागरिक हुन्।

सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया