मनाङ एयर दुर्घटना अपडेट: ४ जनाको शव भेटियो, दुईको खोजी जारी


काठमाडौं – मनाङ एयरको हेलिकोप्टर दुर्घटनास्थलमा पुगेका स्थानीहरूले ४ जनाको शव निकालिएको छ।

घटनास्थल पुगेका स्थानीयले हेलिकोप्टर दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको बताए ।  ‘दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको छ। दुईजनाको शव भेटिएको छैन। खोजि गरिरहेका छौं’ स्थानीयले भने ।

शवको पहिचान भइसकेको छैन। बिहान सम्पर्कविहीन भएको हेलिकोप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक पाँचैजना म्याक्सिकन नागरिक सवार छन्। ९ एनए- एमभी कल साइन भएको हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए।

हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो,रिनकोन स्मार,सीफुन्ट मारिया,गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्। उनीहरू सबै म्याक्सिकन नागरिक हुन्।

सुलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर मंगलबार बिहान १० बजेतिर सम्पर्कविहीन भएको थियो।

प्रतिक्रिया