विदेशी नागरिकसहित लाम्जुरा पास नजिकबाट सम्पर्कबिहीन


काठमाडौं – सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लाम्जुरा पास क्षेत्रमा आएपछि सम्पर्कविहीन भएको जनाइएको छ ।

सोमबार विदेशी नागरिक बोकेर माउन्टेन फ्लाइटका गएको हेलिकोप्टर आज लुक्लामा बसेर त्यहाँबाट फर्किँदै गरेको अवस्थामा तिनै विदेशी नागरिकसहित सम्पर्कबिहीन भएको जनाइएको छ ।

बिहानैदेखि सो क्षेत्रमा मौसम खराबीका कारण लुक्लाबाट उडेको सुर्के ल्यान्ड गरेको थियो । सुर्केपछि थोप्तेन छोलिङ क्षेत्रमा पनि ल्यान्ड गरेको पाइएको छ ।

पीके पिक क्षेत्रमा सम्पर्कविहीन भएको बताइएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले सम्पर्कविहीन भएको जानकारीमा आए पनि त्यसबाहेक कुनै जानकारी प्राप्त नभएको बताइएको छ ।

प्रतिक्रिया