

प्रतिनिधि सभाको अर्को बैठक असार २९ गते

काठमाडौं – प्रतिनिधि सभाको अर्को बैठक असार २९ गते बस्ने भएको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण केही दिनदेखि अवरूद्ध प्रतिनिधि सभा बैठक सोमबार दिउँसो बसेको थियो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रष्टीकरण दिएका थिए ।
उनले भावनामा बगेर आफूले उक्त अभिव्यक्ति दिएको र प्रधानमन्त्रीका रूपमा त्यस्तो अभिव्यक्ति दिन हुन्थेन भन्ने आत्मबोध भएको बताएका छन् । प्रधानमन्त्रीको स्पष्टीकरणसँगै यसअघि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरिरहेको एमाले संसद चलाउन तयार भएको हो ।

