

बालेनले गगनलाई भने, ‘महामन्त्रीज्यू ! बोलेको कुरा पूरा गर्नुहोला’

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई बोलेको कुरा पुरा गर्न अनुरोध गरेका छन् ।
उनले गगन थापाले हिजो दिएको एक अभिव्यक्तिलाई उल्लेख गर्दै उक्त कुरा भनेका हुन् ।
बालेन लेख्छन्,
माननीय गगन थापाज्यु , दलको हिजो एक कार्यक्रममा,
झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भनेर त भन्नू भयो , नेपाली काङ्ग्रेसको महामन्त्री ज्युले नै भने पछि,
काठमाडौं महानगर भित्रका सबै विद्यालय , शिक्षण संस्था , कार्यलय , सबै तिर काङ्रेस पार्टीको कुनै पनि भात्री सँगठन नभएको घोसणा गर्दछौँ ।
बोलेको कुरा , पुरा गर्नुहोला मननीय ज्यु ।

