काठमाडौंका प्रजिअ घनश्याम उपाध्याय सचिवमा बढुवा


काठमाडौं – सरकारले सहसचिव घनश्याम उपाध्यायलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपिरषद्को आज (मंगलबार) को बैठकले अहिले काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेत रहेका उपाध्यायलाई विशिष्ट श्रेणीमा बढुवा गरेको हो ।

२०५४ सालमा नायब सुब्बाबाट सेवा प्रवेश गरेका उपाध्याय त्यसपछि शाखा अधिकृत, उपसचिव हुँदै सहसचिवका रुपमा कार्यरत छन् ।

उपाध्यायसँग महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लक्ष्मी बस्नेत र चीनको छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेश घिमिरे बढुवाका प्रत्यासी थिए ।

लोकसेवा आयोगको बढुवा सिफारिस समितिले तीन जनाको नाम पठाएकोमा मन्त्रिपरिषद्ले पहिलो नम्बरमा सिफारिस भएका उपाध्यायलाई बढुवा गरेको हो ।

प्रतिक्रिया