नरेनको शतकसँगै मलेशियालाई २५३ रनको लक्ष्य


काठमाडौं – नरेन भट्टको उत्कृष्ट शतकीय पारीसँगै नेपालले मलेशियालाई विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

मलेशियामा जारी एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा टस जितेर नेपालले पहिलो ब्याटिङ गर्दै नरेनको नटआउट ११२ रनको मद्दतसहित २५२ रन बनाउँदै २५३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो ।

नरेनले ८२ बलमा शतक पूरा गरेका थिए ।

नेपालले उक्त रन ३५ ओभरमा ७ विकेट गुमाउँदै बनाएको हो ।

ओपनर सुर्यांशु कोईराला २३ बलमा १८ रनमा आउट भएका थिए । त्यस्तै नेपालका लागि निरजकुमार यादवले रन बनाए भने सन्तोष यादवले २६ रन बनाउँदा अशोक धामीले ११ रन बनाए । त्यसबाहेक नेपालका दिपु मगर ५, प्रतीक भट्टराई १, अभिषेक तिवारीले ४ र आशिष लुहारले २ रन बनाए ।

मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका थिए ।

नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई तथा मलेसियाले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया