सत्ता गठबन्धनको बैठक सुरु


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

दिउँसो चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका कार्यबहाक सभापति राजेन्द्र पाण्डे, जसपा अध्यक्ष उपेन्द्र यादव, नारायणकाजी श्रेष्ठ, पूर्णबहादुर खड्का लगायतका नेताहरुको सहभागीता रहेको छ ।

बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकार ल्याउने बिषयमा पनि छलफल हुने बताइन्छ।

आइतबार जनमत पार्टीका अध्यक्ष डा. राउतसँग प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए।

बैठकमा पछिल्ला समसायिक बिषयमा छलफल हुने बताए। बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय पनि छलफल हुने उनले बताए।

प्रतिक्रिया