सिंगापुरलाई १८५ रनको लक्ष्य


काठमाडौं – एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै सिंगापुरलाई उक्त लक्ष्य दिएको हो ।

नेपालका लागि सूर्याशु कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादवले ४२ रन बनाए । त्यसतै कप्तान अविशेक तिवारीले २५ रन बनाउँदा सन्तोष यादवले १८ रन बनाएका छन् ।

सिंगथापुरका लागि हरिहरणले ३ विकेट लिएँदा कविबर बेलिया र हर्ष भेन्कटरामले २ विकेट लिए भने प्रनव धानुकाले १ विकेट हात पारे ।

प्रतिक्रिया