गृहमन्त्री बादलले अपराध महाशाखा प्रमुखबाट थापा हटाए, एसएसपी खापुङलाई जिम्मेवारी


काठमाडौं– महानगरीय अपराध महाशाखाको प्रमुखबाट प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दिपक थापालाई गृहमन्त्री रामबहादुर थापा बादलले हटाएका छन्। उनका ठाउँमा एसएसपी चन्द्रकुबेर खापुङलाई काज जिम्मेवारी दिइएको छ।

गृहमन्त्री बादलले मन्त्रीस्तरीय निर्णय गरी खापुङलाई महाशाखा प्रमुखको जिम्मेवारी तोकेका हुन्। कम्तिमा एक बर्षसम्म प्रमुखको जिम्मेवारी दिने प्रहरीभित्र चलन छ। तर, थापालाई नौ महिनामा नै हटाइएको हो।

१२ वैशाखमा थापाले महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया