एसीसी इस्ट जोन कपः मलेशियाविरूद्ध नेपालको शानदार जित


काठमाडौं – मलेसियामा जारी एसीसी इस्ट जोन कपमा समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई ८४ रनले पराजित गरेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलब ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाउँदै दिएको १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेशियाले ९९ रन बनाउँदा आप्mना सबै विकेट गुमाएको हो ।

त्यसपछि नेपालले जित हात पार्दै समूह विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

मलेशियाका मोहम्मद अलिफले १५ रन बनाए भने मोहम्मद हैजिलले २५ रन बनाए ।

नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन दिएर ४ विकेट लिए भने अभिषेक तिवारीले ४.५ ओभरमा २६ रन दिएर ३ विकेट हात पारे ।

त्यस्तै सन्तोष यादवले ५ ओभरमा २ मेडन राख्दै २ विकेट हात पारे । त्यस्तै कीर्तिक कामतले १ विकेट हात पारे ।

त्यसअघि नेपालका अशोक धामीको विस्फोटक ब्याटिङको सहायताले ३३.४ ओभरमा १८३ रन बनायो । नेपालका लागि सूर्याशु कोइराला र नरेनले २९÷२९ रन बनाए । त्यस्तै कीर्तिक कामतले १६ रन बनाएका थिए ।

प्रतिक्रिया