मलेशियाविरूद्ध ब्याटिङ गर्दै नेपाल


काठमाडाैं – मलेशियामा जारी प्रतियोगीतामा नेपाली राष्ट्रिय यू–१६ टोलीले आफ्नो समूह चरणको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा थाइल्यान्डलाई हराएको नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा हुनेछ । नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २२५ रनले हराएको थियो ।

आजको खेलमा सहज जित निकाल्दै नेपाललाई समेमिफाइनल खेल्ने मौका छ ।

यता यसअघि नै समेमिफाइनलमा पुगेको मलेसिया आजको खेलमा सहज जित निकाल्ने योजनामा छ ।

प्रतिक्रिया