
महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा मन्दिरका मूल पुजारी निलम्बन
बुटवल – महिला दर्शनार्थीलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा पाल्पाको भैरवनाथ मन्दिरका मूल पुजारी निलम्बनमा परेका छन् ।
मन्दिर व्यवस्थापन समितिले पुजारी जीतनाथ योगीलाई बिहीवार निलम्बन गरेको हो । योगीले टीका लगाइदिने क्रममा महिला तथा किशोरीहरूमाथि यौनजन्य दुुर्व्यवहार गरेको विषय बाहिर आएपछि मन्दिर व्यवस्थापन समितिले बिहीवारदेखि लागू हुने गरी निलम्बन गरेको जनाएको छ ।
भैरवनाथ प्रसिद्ध धार्मिक तीथस्थल हो । विगत लामो समयदेखि मन्दिरमा मुख्य पुजारीका रूपमा कार्य गर्दै आएका योगीले मन्दिरमा दर्शनका लागि आउने महिला दर्शनार्थीहरूलाई टीका लगाइदिने क्रममा यौन दुर्व्यवहार गरेको भन्ने सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट बाहिरिएपछि थप अनुुसन्धानका लागि उनलाई निलम्बन गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले जानकारी दिए ।
मन्दिर व्यवस्थापन समितिले नियमअनुसार दैनिक पूजा सञ्चालनका लागि सहायक पुजारी कमलनाथ योगीलाई जिम्मेवारी दिएको छ ।



कागजपत्र |
