

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तैगरी, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदी ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

