
ललितानिवास जग्गा प्रकरणमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ
काठमाडौं – ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ छ ।
यो प्रकरणमा सिआइबीको अनुसन्धान जारी छ । मंगलबार नै भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङसहित ६ जनालाई पक्राउ गरिसकेको छ ।
पूर्वनिर्वाचन आयुक्त शाहलाई पक्राउ गरेपछि उक्त प्रकरणमा मंगलबार पक्राउ उर्नेको संख्या सात पुगेको छ ।
सिआइबीले डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्कीलाई पक्राउ गरिसकेको छ ।



कागजपत्र |
