असार १४ गते सार्वजनिक बिदा


काठमाडौं – सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।

हिजरी संवत अनुसार १४४० वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ ।

प्रतिक्रिया