असारभित्रै बुढीगण्डकीको कार्यालय स्थापना गरिनेछः प्रधानमन्त्री


गजुरी – प्रधानमन्त्री पुष्पकमल दाहालले बुढी गण्डकी जलविद्युत आयोजनालाई अघि बढाउने प्रतिबद्धता गरेका छन्।

धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले असार महिनाभित्र कार्यालय र उद्घाटन गरिने कार्यक्रम रहेको पनि जनाए ।

उक्त अवसरमा प्रधानमन्त्री दाहालले आयोजनासँग सम्बन्धी अन्य क्षेत्रको विकास पनि अघि बढ्ने बताएका थिए ।

उक्त अवसरमा आफूले गजुरीमा आएर खास कार्यक्रम गर्ने अवसरमा नपाएको बताउँदै यसपटक भने खुशी रहेको बताए । उक्त भवन भारतीय दूताबासको अनुदानमा निर्माण गरिएको पनि उक्त अवसरमा जानकारी दिइएको थियो ।

उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री, भारतीय दूताबासका प्रतिनिधिका साथै सम्बन्धित जिल्लाका सांसदहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया