

कांग्रेसले केन्द्रीय समिति बैठक फागुन ५ गते बोलायो

काठमाडाैं – नेपाली कांग्रेसले आउँदो ५ गतेका लागि केन्द्रिय समिति बैठक बोलाएको छ ।
तोकिएको समयमा महाधिवेशन हुन नसकेपछि काङ्ग्रेसले भावी कार्य दिशा तय गर्नका लागि केन्द्रीय समिति बैठक बोलाएको हो ।
अबको बैठकले वर्तमान कार्यसमितिको म्याद ६ महिना थप्ने र महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने बुझिएको छ ।
यसअघि काङ्ग्रेसले यही फागुनको ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तय गरेको थियो ।

