
नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप छनोटबाट बाहिरियो नेपाल
काठमाडौं – आईसीसी एक दिवसीय विश्वकप क्रिकेट छनोटको खेलबाट नेपाल बाहिरिएको छ । जिम्बावेको हरारेमा जारी खेलमा आज नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटको खेलबाट नेपाल बाहिरिएको हो ।
जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो ।
तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङका कारण नेपाल १६७ रनमै अलआउट भएको थियो । १६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७।१ ओभरमा मात्र ७ विकेट गुमाएर लक्ष्य भेट्टायो ।



कागजपत्र |
