नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

टाकासिंगा स्पोर्टस् क्लबमा टस जितेर नेदरल्यान्ड्सले पहिले बलिङ रोजेको हो । नेदरल्यान्ड्सले बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

सुपर सिक्समा पुग्न नेपालले नेदरल्यान्ड्सलाई हराउन बाहेक कुनै विकल्प छैन । विजयी भएमा सुपर सिक्समा पुग्ने उच्च सम्भावना हुनेछ । यदि नेपाल पराजित भएको खण्डमा समूह चरणबाटै बाहिरिने पक्का हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १ सय १ रनको फराकिलो हार व्येहोर्न पुगेको थियो ।

नेदरल्यान्ड्स जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । नेदरल्यान्ड्सले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपाललाई हराउँदा नेदरल्यान्ड्स औपचारिक रूपमा सुपर सिक्समा पुग्नेछ ।

प्रतिक्रिया