काठमाडौं महानगरद्वारा १० वटा स्वर्णिम योजनासहित नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)


काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको छ ।

महानगरपालिकाका मेयर बालेन शाहले आज (बुधबार) १० वटा महानगर गौरवका योजना, केही स्वर्णिम योजनासहित नीति तथा कार्यक्रममा घोषणा गरेबा हुन् ।

महानगरको गौरव बढाउन अधिकतम जनसंख्या लाभान्वित हुने ३ वर्षभित्रमा सम्पन्न हुने १० वटा योजनालाई महानगर गौरवका योजना भनिएको छ ।

गौरवका योजनामार्फत प्रमुख समस्याहरुको समाधानका साथै सुरक्षित, व्यवसायिक र व्यवस्थित शहरको निर्माण गर्दै काठमाडौं महानगरपालिकालाई पर्यटनमैत्री साँस्कृतिक सहर, समृद्ध महानगरको रुपमा स्थापित गर्ने मेयर शाहले बताएका छन् ।

प्रतिक्रिया