


रास्वपाको स्थापना दिवस : साँझ देशभर घण्टी बजाउने, क-कसले पाए निम्ता ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा)ले अगामी असार ७ गते साँझ देशभर घण्टी बजाउने निर्णय गरेको छ । असार ७ गते पार्टीको स्थापना दिवस भएकाले घण्टी बजाउने निर्णय गरेको हो । रास्वपाले उक्त दिन आफ्नो नयाँ पार्टी कार्यालय बालाजुमा चियापान कार्यक्रम पनि राखेको छ ।
बसुन्धारामा रहेको कार्यालय सानो भएकोले बालाजुमा आधुनिक ६ तले नयाँ भवनमा सरेको हो । उक्त घरको भाडा ६ लाख भएपनि पार्टीलाई सहयोग गर्ने उदेश्यले ३ लाख ५० हजारमा समर्थकले उपलब्ध गराएको हो ।
सो दिन रास्वपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतालाई चियापान गर्न बोलाएका छन् ।
साथै केही कूटनीतिक नियोगका अधिकारीहरुलाई पनि निम्ता दिएका छन् । रास्वपाले सोही दिन नयाँ पार्टी कार्यालयमा औपचारिक रुपमा सरेपछि नयाँ भवनमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त पहिलो बैठक बस्ने कार्यतालिका पनि रहेक छ ।

